युक्रेनसँग युद्धको दुई वर्ष : ७० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-russian_soldier_V3jDiNfo9z

रुस-युक्रेन युद्धको दुई वर्षमा ७० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भएको छ। बीबीसीले विभिन्न तथ्यांक र प्रमाणहरुको विश्लेषणका आधारमा युद्धमा ७० हजार ११२ रुसी सैनिकको मृत्यु भएको पुष्टि गरेको हो। 

सन् २०२२ मा सुरु भएको युद्धमा हालसम्मकै ठूलो संख्यामा सैनिकको मृत्यु भएको पाइएको बीबीसीको भनाइ छ। मृत्यु हुनेमा सैनिक, अर्धसैन्य बलका लडाकु तथा हतियार बोकेका सर्वसाधारणसमेत छन्। यो तथ्यांक पुष्टि गर्न बीबीसीले सामाजिक सञ्जालमा दैनिकजसो श्रद्धाञ्जली व्यक्त गरेर सार्वजनिक हुने पोष्ट, रुस सरकारले सार्वजनिक गर्ने तथ्यांक र अन्त्येष्टि गरिने ठाउँको तथ्यांकसमेत विश्लेषण गरेको छ। 

बीबीसीले युक्रेनमा मारिने रुसी सैनिकको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ। मृत्युको पृष्टि भएका ७० हजार बढी सैनिकको भने विस्तृत विवरण संकलन गरिएको छ। यो संख्यामा रुसी कब्जामा पुगेका दोनेत्सक तथा लुहान्स्कका मिलिसियाको विवरण सामेल गरिएको छैन। 

पुष्टि भएका मृतकमध्ये १३ हजार ७८१ स्वयमसेवक छन्। मृत्यु हुनेमा सबैभन्दा बढी पूर्व कैदी छन्, जसलाई अपराध माफी गर्ने शर्तमा रुसले युक्रेनमा लड्न पठाएको थियो। यो संख्या झण्डै १९ प्रतिशतभन्दा बढी छ। यसैगरी युक्रेनमा लड्नकै लागि भर्ती भएकाको संख्या १३ प्रतिशत छ। 

यस्तै युद्धमा मारिने युक्रेनी सैनिकको संख्या पनि निकै ठूलो रहेको अनुमान गरिएको छ। गत फेब्रुअरीमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकले आफ्ना ३१ हजार सैनिक मारिएको बताएका थिए। तर यो संख्या ठूलो रहेको बीबीसीको अध्ययनले देखाएको छ। युद्धको अग्रमोर्चामा स्वयं सेवक, अर्धसैन्य बल तथा कैदीलाई पठाउने गरेकाले मृतकको संख्या ठूलो रहेको पाइएको बीबीसीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >