देउवाले गरे पटेर्वा सुगौलीमा १० शय्याको आधारभूत अस्पताल उद्घाटन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
udghatan2024-09-24-04-30-38

पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवामा निर्माण भएको १० शय्याको आधारभूत अस्पतालको उद्घाटन भएको छ।

मंगलबार एक कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।

पर्साका ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले उक्त आधारभूत अस्पताल निर्माण गरिएको हो। संघीय सरकारको लगानीमा पर्साका चार स्थानीय तहमा शिलान्यास गरिएकोमध्ये यो एक अस्पताल हो।

पटेर्वा सुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकामा १० शय्या, ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल बनाउने योजना थियो। जसअन्तर्गत पटेर्वा सुगौलीको अस्पताल आठ करोड १० लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए।

केपी ओली सरकारले ०७८ मंसिर १५ मा एकै दिन सातै प्रदेशमा ३०९ आधारभूत अस्पताल शिलान्यास गरेको थियो।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >