बारा प्रहरीले छापामारी गरि २ लाख ५९ हजार बराबरको चिनि नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-09-24 at 21.06.14_513ca3d3

बारा प्रहरीले छापामारी गरि २ लाख ५९ हजार बराबरको चिनि नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा मंगलवार १२:३० बजेको समयमा बाराको कलैया उ.म.न.पा. वडा नं. २५ बस्ने तजमोदिन अंसारीको घरमा छापामारी गरि भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएको ६१ बोरा चिनि र बोरा सिलाउने मेसिन १ थान बरामद गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तजमोदिन अंसारीको घरमा चेकजाँच गर्दा मुल्य रू.२ लाख ५९ हजार बराबरको चिनि-६१ बोरा र बोरा सिलाउने मेसिन-१ थान फेला परेको हुँदा वरीपरीका स्थानियसंग सोधपुछ गर्दा कसैले दाबी नगरेकोले उक्त समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगंज बुझाईएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >