मंगलबार पर्साको पटेर्वासुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb

पर्सा — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक संघीयतामा गएसँगै यहाँको स्वास्थ्य र शिक्षा क्षेत्र पनि संघीयतामा गएको बताएका छन् ।मंगलबार पर्साको पटेर्वासुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘मुलुक संघीयतामा गइसकेपछि शिक्षा र स्वास्थ्य क्षेत्र पनि सोही अनुरूप गाउँगाउँमा पुगेको छ,’ उनले भने, ‘हाम्रो राष्ट्र संघीय ढाँचामा गइसकेको छ, सोही अनुसार नेपाली जनताको गाउँठाउँमा स्वास्थ्य र शिक्षाको विकास भइरहेको हो ।’

सरकार स्वास्थ्य र शिक्षाजस्तो आधारभूत सेवा प्रवाह गर्नका लागि पनि तयार रहँदै आएको बताउँदै देउवाले हालको सबैभन्दा ठूलो आवश्यकता स्वास्थ्य र शिक्षा भएकाले सो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सरोकारवालालाई अनुरोध पनि गरे ।

उनले पटेर्वासुगौली गाउँपालिकामा स्थापित अस्पताल भवन र यसका सेवा सुविधा स्तरीय भएको बताउँदै अस्पतालले छिमेकी पालिकाका बिरामीलाई पनि सेवा दिने वातावरण निर्माण गरिनुपर्ने बताए । उनले यस्तै खालका पूर्वाधारले आगामी दिनमा जनताका लागि सहयोगी भूमिका निर्वाह गर्ने आशा र विश्वास आफूलाई रहेको सुनाए ।१० शैयाको अस्पताल भवन ७ करोड १० रुपैयाँमा सकार गरी मिलिनियम/सागर जेभी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । निर्माण लागतको ६० प्रतिशत अनुदान संघीय सरकारको र ४० प्रतिशत योगदान गाउँपालिकाको रहेको छ ।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >