मंगलबार पर्साको पटेर्वासुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन्

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb

पर्सा — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक संघीयतामा गएसँगै यहाँको स्वास्थ्य र शिक्षा क्षेत्र पनि संघीयतामा गएको बताएका छन् ।मंगलबार पर्साको पटेर्वासुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘मुलुक संघीयतामा गइसकेपछि शिक्षा र स्वास्थ्य क्षेत्र पनि सोही अनुरूप गाउँगाउँमा पुगेको छ,’ उनले भने, ‘हाम्रो राष्ट्र संघीय ढाँचामा गइसकेको छ, सोही अनुसार नेपाली जनताको गाउँठाउँमा स्वास्थ्य र शिक्षाको विकास भइरहेको हो ।’

सरकार स्वास्थ्य र शिक्षाजस्तो आधारभूत सेवा प्रवाह गर्नका लागि पनि तयार रहँदै आएको बताउँदै देउवाले हालको सबैभन्दा ठूलो आवश्यकता स्वास्थ्य र शिक्षा भएकाले सो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सरोकारवालालाई अनुरोध पनि गरे ।

उनले पटेर्वासुगौली गाउँपालिकामा स्थापित अस्पताल भवन र यसका सेवा सुविधा स्तरीय भएको बताउँदै अस्पतालले छिमेकी पालिकाका बिरामीलाई पनि सेवा दिने वातावरण निर्माण गरिनुपर्ने बताए । उनले यस्तै खालका पूर्वाधारले आगामी दिनमा जनताका लागि सहयोगी भूमिका निर्वाह गर्ने आशा र विश्वास आफूलाई रहेको सुनाए ।१० शैयाको अस्पताल भवन ७ करोड १० रुपैयाँमा सकार गरी मिलिनियम/सागर जेभी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । निर्माण लागतको ६० प्रतिशत अनुदान संघीय सरकारको र ४० प्रतिशत योगदान गाउँपालिकाको रहेको छ ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >