रौतहटमा बाढीले १ हजार २ सय ४५ घर डुबानमा, तीन जनाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rautahat-1-

विरगन्ज,१३असोजः अविरल वर्षासँगै नदी र खोलाहरुमा आएको बाढीबाट रौतहटमा १ हजाार २ सय ४५ वटा घर डुबानमा परेको छ ।यस्तै तीन जनाको मृत्यु भएको छ ।दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नेक्रममा डुबेर मृत्यु भएको हो भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साहको भने घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु भएको हो । यस्तै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको भने आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीबाट ६ जना सामान्य घाइते भएका छन् भने १ हजार ८ सय ५ परिवार विस्थापित भएका छन् । यस्तै १ सय २३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै बागमती ,लालबकैया लगायत विभिन्न नदी र खोलामा आएको बाढीले रौतहट जिल्लाको १८ पालिकामध्ये १३ वटा पालिका प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

वर्षा र बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

२४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

, वीरगञ्ज, पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल

पुरा पढ्नुहोस >

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >