घुमुवा प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Untitled-design-1728886376

रौतहटमा घुमुवा प्रहरी हुँ भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार राति साढे ९ बजे परोहा नगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिलकुमार बैठालाई पक्राउ गरेको हो।उनले घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधरणसँग रकम असुल गर्न खोजेको, विभिन्न व्यक्तिहरूको जिउ तलासी लिएको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जिङगड्वा रौतहटबाट खटिएको टोलीले परोहा-२ लालबकैया पुलबाट पक्राउ गरेको हो।उनले बोकेको झोलाबाट १७ हजार ९३५ रुपैयाँ, लागु औषध नाइट्राभेट १० पिस, २२ पुरिया गाँजा (२०० ग्राम) एउटा मोटरसाइकल लगायत बरामद भएको हो।उनलाई कार्यालयले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >