भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको छ : प्रभु साह

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Prabhu-Saha

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्ट नेता’लाई जनस्तरबाटै बहिष्कार गर्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार, अनियमितता एवं कुशासन बढदै गईरहेको बताउदै उनले भ्रष्टाचारीलाई बहिष्कार नगरेसम्म मुलुक नबन्ने दाबी गरे ।

बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा बाराको कोल्हबी र रौतहटको फतुवा बिजयपुर नगरपालिकाको दुधिअवामा आज आयोजित छुटाछुट शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले समृद्ध मुलुक निर्माणका लागि भ्रष्टाचारलाई जनकारवाही गर्नैपर्ने बताए ।

‘दिनदिनै मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ । आम जनता लाचार बनेका छन् । भ्र्रष्ट नेताहरुकै शासन व्यवस्थामा हालीमुहाली रहेको छ । उनीहरुले जनताको पैसा जसरी पनि लुटने धन्दा गरिरहेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘समृद्ध नेपाल निर्माणका लागि सबैभन्दा पहिला भ्रष्ट नेताहरुलाई बहिष्कार गर्नैपर्छ । उनीहरुलाई सरकारले पनि कारवाही कारवाही गर्नुको साटो संरक्षण दिईरहेकाले अब त्यस्त भ्रष्टहरुलाई जनकारवाही गर्न आम जनता तयार हुनुपर्छ ।’

ठुला दलका शीर्ष नेताहरु भ्रष्टाचारमा संलग्न भएको र भ्रष्टाचार गरेको पुष्टि हुँदाहुँदै पनि एकले अर्कोलाई कारबाही हुनबाट जोगाउने र देशमा लुटेर विदेशमा पैसा थुपार्ने काम भईरहेकाले आम जनताले गाउँगाउँबाट आवाज उठानुपर्ने उनको भनाई छ ।

काण्डैकाण्डले मुलुक बदनाम भएको उनले बताए । गिरीबन्धु टि–स्टेट देखी ललिता निवास लगायतका सयौं काण्डमा ठुला नेताहरुकै संलग्नता पुष्टि भईसकेको उनले बताए । तर सरकार र भ्रष्टाचार निवारण गर्ने निकायहरुले त्यस्तालाई कारवाही गर्नुका साटो पुरस्कृत गर्ने काम गरिरहेको आरोप उनले लगाए ।

‘सरकारकै संरक्षणमा भ्रष्टाचार भईरहेको छ । उनीहरु आफै संलग्न छन् । भ्रष्टाचार निवारण गर्ने, भ्रष्टाचारीलाई कारवाही गर्ने निकाय कमिसन लिएर मौन बसेको छ, लाग्छ की उसलाई केही थाहा नै छैन्’ साहले भने, ‘यि सबै मिलेर मुलुक लुटेका छन् । नेपालमा लुटने र अकुत सम्पती विदेशमा थुपार्ने काम यिनीहरुले गरिरहेका छन् । आज मुलुक कंगाल बनेको छ, आर्थिक अवस्था संकटमा छ । तपाई हामी कहिलेसम्म चुप लागेर बस्ने ? अब आवाज नउठाए हाम्रा सन्ततीहरुले हामीलाई नै गाली गर्नेवाला छन् ।’

राज्यको हरेक निकायमा भ्रष्टाचार बढेको उनले बताए । बिनाखुस कुनै काम नहुने बताउँदै प्राप्त खुस लतदेखी माथी मन्त्रीहरुसम्म पुग्ने गरेको उनले आरोप लगाए । जुन देशका प्रधानमन्त्री, मन्त्रीहरु नै भ्रष्टाचारमा लिप्त भएपछि त्यहाँ समृद्धिको कल्पना गर्नु भनेको दिवा सपना हेर्नु मात्रै भएको टिप्पणी उनले गरे ।

मुलुकमा रोजगार दिन नसकेको सरकार वैदेशिक रोजगारीमा जाने कामदारसँग पनि घुस लिईरहेको उनले बताए । साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको आजपा अध्यक्ष साहको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने र त्यसका लागि आम जनताले नै आवाज उठानुपर्ने उनले बताए ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >