गौशाला धर्मशालामा महानगरले बोर्ड राख्न खोजेपछि मारवाडी सेवा समितिको विरोध

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaushala-dharmasala-(4)-ink-1728984687

गौशाला धर्मशालामा काठमाडौं महानगरपालिकाले बोर्ड राख्न खोजेपछि मारवाडी सेवा समितिले विरोध गरेको छ।

महानगरपालिकाले धर्मशालामा मंगलबार दिउँसो बोर्ड राख्ने तयारी गर्दा मारवाडी सेवा समितिले विरोध जनाएका हुन्। 

उनीहरूले मुद्दाको किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित रहनुपर्ने माग राख्दै प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।

यसअघि मारवाडी सेवा समाजले चलाउँदै आएको धर्मशाला काठमाडौं जिल्ला अदालतको फैसलापछि पशुपति विकास कोषले नै व्यवस्थापनको जिम्मेवारी पाएको थियो। 

कोषको अधिकार क्षेत्रमा परेपछि कोषले धर्मशालाको व्यवस्थापकीय जिम्मेवारी काठमाडौं महानगरपालिकालाई दिएको थियो।

कोषले जिम्मा दिएपछि काठमाडौं महानगरपालिकाले यसअघि पनि धर्मशालामा बोर्ड लगाउने प्रयत्न गरेको थियो। त्यतिबेला मारबाडी सेवा समाज र महानगर प्रहरीबीच धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो।

त्यसपछि काठमाडौं महानगरपालिकाले धर्मशाला व्यवस्थापनका लागि सुरक्षा व्यवस्था मिलाइदिनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयललाई समेत पत्राचार गरेको छ। महानगरले मारवाडी सेवा समाजलाई पनि सहयोगका लागि अपिल गरेको छ। 

मारवाडी सेवा समाजले भने फैसला भए पनि पूर्णपाठ सार्वजनिक नभइसकेकोले त्यतिबेलासम्म आफूहरूको न्यायिक अधिकार सुनिश्चित हुनुपर्ने बताएको छ। 

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >