भारतबाट अबैध रूपमा ल्याइँदै गरेको १० लाखभन्दा बढीको सामान र मोटरसाइकल बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241017_205751-scaled

पर्सा, १ कार्तिक । पर्साको वीरगंज महानगरपालिका-१६ इनर्वा स्थित विभिन्न सीमा नाकाहरूमा खटिएको सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको विभिन्न प्रकारका सामानहरू र मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी टोलीले सार्वजनिक सवारी साधनमा लोड गरेर नेपाल ल्याइँदै गरेको करिब रु. ८ लाख ७० हजार ९ सय २५ बराबरको किराना, कपडा, कस्मेटिक, जुत्ता, मदिरा, मोटर पार्टस लगायतका सामानहरू नियन्त्रणमा लिएको हो। साथै, नेपालबाट भारततर्फ बिआर ०५ एन ७०३६ नम्बरको मोटरसाइकलमा लोड गरेर लगिँदै गरेको कस्तुरी मदिरा पनि बरामद गरिएको छ। बरामद मोटरसाइकलको भन्सार मूल्य रु. २ लाख  मूल्याङ्कन गरिएको छ।

कुल रु. १० लाख ७० हजार ९ सय २५ बराबरको सामानसहित मोटरसाइकललाई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >