शेख हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hasina

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।वारेन्ट जारी गरिएकाम पुर्व सत्तारुढ दल अवामी लिगका धेरै शीर्ष नेताहरु रहेको मिडिया रिपोर्टमा उल्लेख छ। उनीहरुमाथि हालैको विद्यार्थी आन्दोलनका क्रममा मानवता विरुद्धको कथित अपराधको आरोप छ। न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेको न्यायाधिकरणले अभियुक्तलाई पक्राउ गर्न अभियोजन पक्षले दायर गरेको दुई निवेदनमा यस्तो आदेश दिएको हो।न्यायाधिकरणले शेख हसिनासहित ४६ जनालाई नोभेम्बर १८ सम्ममा पक्राउ गरी पेश गर्न अधिकारीहरूलाई आदेश दिएको छ। बंगलादेशमा विद्यार्थी आन्दोलनमा चरम हिंसा भएको थियो। यस हिंसाका क्रममा शेख हसिना सरकारले विद्यार्थी आन्दोलनलाई दबाउन खोजेको आरोप लागेको थियो।यस आन्दोलनमा भएको हिंसाका कारण सयौंले ज्यान गुमाएका छन्। तर, विरोध चर्किएपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोड्दै भारत पुगेकी थिइन्। उनी हाल पनि भारतमै रहेकी छन्।
शेख हसिना भारत गएपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। यो सरकारले विद्यार्थी आन्दोलनका क्रममा हिंसा फैलाउने र हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलाउने दाबी गरेको थियो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >