आज बिदा भएकाले रविलाई आइतबार अदालतमा उपस्थित गराइने

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
rabi-lamichhane

पोखरा- सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

आज शनिबार बिदा भएकाले भोलि आइतबार अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाका अनुसार आइतबार लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि लामिछानेलाई शनिबार बिहान पोखरा पुर्‍याइएको छ।

शुक्रबार साँझ रास्वपाको केन्द्रीय कार्यालय काठमाडौँको बनस्थलीबाट पक्राउ गरेर उनलाई प्रहरीले पोखरा पुर्‍याएको हो।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै पोखरा पुर्‍याइएको हो।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान पौने ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ।

लामिछानेलाई पोखरा पुर्‍याउँदा रास्वपाका नेता तथा कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गरेका थिए।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >