गाजा शरणार्थी शिविरमा इजरायलको आक्रमण, ३३ जनाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-attack_yca3aITTP7

हमास समूहका कमाण्डार मारिएपछि पनि इजरायलले जारी राखेको पछिल्लो आक्रमणमा गाजामा ३३ जनाको मृत्यु भएको छ। 

उत्तरी गाजाको एउटा शरणार्थी शिविरमा भएको आक्रमणमा २१ महिलासहित ३३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले जनाएका छन्। जबालिया क्षेत्रमा भएको यो आक्रमणबारे इजरायलले कुनै प्रतिक्रिया दिइसकेको छैन। 

इजरायली सेनाले पछिल्ला केही हप्तादेखि घना आवादी रहेका शरणार्थी शिविरहरुलाई घेराबन्दीमा राखेको छ। यसै हप्ता इजरायलले गरेको आक्रमणमा हमासका प्रमुख कमाण्डर याह्या सिनवार मारिएका थिए। उनी मारिएसँगै इजरायलले आक्रमण बन्द गर्ने र हमाससमेत पछि हट्ने अनुमान गरिएको थियो। तर आक्रमण भने रोकिएको छैन। यसैबीच अमेरिकाले लेबनानमा युद्धविरामको सम्भावना रहेको बताएको छ। राष्ट्रपति जो बाइडेनले लेबनानमा युद्धविरामको दिशामा काम गर्ने सम्भावना रहेको भन्दै गाजामा भने युद्धविरामको सम्भावना कमजोर रहेको बताएका छन्। इजरायलले लेबनानमा हिजबुल्लाह समूह लक्षित आक्रमण जारी राखेको छ।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >