श्रीमतीलाई मोटरसाइकलमा चढाएको आरोपमा साथीको हत्या गर्ने पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pak2024-10-19-09-35-40

श्रीमतीलाई बाइकमा चढाएको बहानामा आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले एक अभियुक्त सहित घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन १४ गते राति पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-५ निवासी रोशन भन्ने सूर्यकुमार बढईको हत्या भएको थियो । रोशनको शव उनी सुत्ने ओछ्यानमा बिहानपख मृत अवस्थामा फेला परेको थियो ।

घटनाको साढे २ महिना पछि प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये पाल्ही नन्दन गाउँपालिका-६ निवासी ३० वर्षीय जोगिन्दर बढईले आफ्नो श्रीमतीलाई रोशनले मोटरसाइकलमा राखेर आफन्तकोमा छोड्न गएको देखेपछि सोही घटनालाई लिएर रोशनको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहाराले बताए । 

प्रहरीले रोशनको हत्यामा सम्लग्न जोगिन्दर बढई सहित पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका-६ निवासी २० वर्षीय सुरज राजभर र अर्को एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन । 

यस्तो छ हत्याको कारण 

गत साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई उनका साथी रोशन भन्ने सूर्यकुमार बढईले आफ्नो मोटरसाइकलमा राखेर आफन्तकोमा लैजान सहयोग गरेका थिए । श्रीमतीलाई अरुको बाइमा चढेको देखेपछि जोगिन्दर र सुर्यबिच बाटोमै विवाद भएको थियो । विवादसँगै जोगिन्दरले रोशनसँग बदलाको भावना राखी हत्याको योजना बनाए थिए ।

हत्याको योजना बनाई साउन १३ गते बेलुका रोशनलाई भेट्न बोलाएका थिए ।  तर, रोशनले साथीहरु लिएर गएका कारण त्यस दिन जोगिन्दरले रोशलाई केही गरेनन् । तर साउन १४ गते बिहान ४ बजे रोशन सुतेकै ठाउँमा गएर जोगिन्दरले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक रेशम बोहाराले बताए।

घटना पश्चात जोगिन्दर भारत भागेको र घटनामा सम्लग्न अन्य २ जना भने गाउँमै बसेका थिए । घटनामा प्रयोग गरिएको धारिलो हतियार सेफ्टी ट्यांकीमा लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

जोगिन्दर घर फर्केर लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको र उनीसँगै घटनामा सम्लग्न अन्य दुई जनालाई पनि पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >