बारा प्रहरीले ५३ लाख भन्दा बढीका अवैध सामानसहित ट्रक नियन्त्रणमा 

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241022_220017-scaled

बारा प्रहरीले ५३ लाख भन्दा बढीका अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा  कार्तिक ५ गते राति करीब ९:३० बजे बाराको पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले ना ३ ख ४३६३ नम्बरको ट्रक रोकी चेकजाँच गरेको थियो। पर्साबाट झापा जाँदै गरेको उक्त ट्रकमा बिल बिजकभन्दा बढी सामान रहेको भेटिएको र ती सामानहरूको स्रोत खुलाउन नसकिएको जनाइएको छ।

प्रहरीले अन्दाजी ५३ लाख ५२ हजार ६ सय ३५ रुपैयाँ बराबरको ओखर, मोबिल, कुर्सी, जाली, इलोक्ट्रोनिक्स सामान, पिटामरी लगायतका अन्य खुद्रा सामान ट्रकमा लोड गरिएको अवस्थामा नियन्त्रणमा लिएको हो।

आवश्यक कारबाहीको लागि सामानसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको जानकारी बारा प्रहरीका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले दिएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >