जग्गा विवादका कारण धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति बारा प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20241031_173335

बारा जिल्ला, महागढीमाई नगरपालिका-१, सेमरा तेगछिया नयाँ टोलमा बस्ने ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। मिति २०८१/०७/१० गते साँझ ७:३० बजे पसलबाट घर जाँदै गरेका यादवलाई सडकखण्डमा टाउको र गर्दनमा प्रहार गरी हत्या गरिएको सूचना प्राप्त भएपछि बारा प्रहरी टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरेको थियो।

प्रहरी अनुसन्धानका क्रममा सोही ठाउँका ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई निजकै घरबाट पक्राउ गरिएको हो। जग्गा सम्बन्धी पुरानो विवादका कारण चौधरीले यादवको हत्या गरेको खुलेको छ। हत्यामा प्रयोग भएको २.५ इन्च चौडाई र १ फिट ७ इन्च लम्बाइ भएको फलामको खुकुरी मिति २०८१/०७/१५ गते चौधरीको घर पछाडि झाडीमा लुकाइएको अवस्थामा बरामद गरिएको बारा प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >