अवैध सम्वन्धपछि अंशको दावी गर्दा मालतीको हत्या, अनुहारमा सारी राखेर आगो लगाएको खुलासा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
malati

जनकपुर– महोत्तरीको पिपरा गाउँपालिका–७, दनौली चौरी स्थित अशोक ठाकुरको आँप बगैँचामा १२ कात्तिकका दिन करिव २५–२६ वर्षकी महिलाको शव भेटियो। कालो लेगिज र हल्का पहेँलो रंगको कुर्ती लगाएकी महिलाको अनुहार जलाइएको थियो।

प्रहरीले आसपासमा सोधपुछ गर्यो तर मृतकको पहिचान खुलेन। अनुशन्धानका क्रममा प्रहरीले उनको पहिचान खुलाएको छ। मृतक धनुषाको गणेशमान चारनाथ नगरपालिका गोदार घर र धनुषाकै शहिद नगर नगरपालिका–७, यदुकोहा (निमुवा) माईती भएकी मालती भन्ने लक्ष्मिनियादेवी मण्डल (२८) हुन।

उनको हत्या आरोपमा प्रहरीले महोत्तरीको मटिहानी नगरपालिका–५ का राकेश नायक (२२) र उनकी श्रीमती रिनादेवी महरा (२५) लाई पक्राउ गरेको छ। राकेशसँग अनैतिक सम्वन्ध रहेकी लक्ष्मीनियाँको दम्पत्ति नै मिलेर हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार राकेश र रीना विगत ५ वर्षदेखि भारतका विभिन्न शहरमा मजदुरी गर्दै वसेका थिए। गत साउनमा नेपाल फर्किएका हुन्। नेपाल फर्किएपछि रीनालाई घरमा छोडेर राकेश भने काम गर्न भाइसँगै भैरहवा गए। भदौको अन्तिमतिर घर फर्किएका भाइले लक्ष्मीनियाँलाई सँगै भैरहवा लिएर गए। साकेशका भाई र लक्ष्मीनियाँको चिनजान कसरी भयो र किन उनलाई भैरहवा लगियो भन्ने प्रहरीले खुलाएको छैन।

भैरहवामै राकेश र लक्ष्मीनियाँबीच अवैध सम्बन्ध कायम भएको र उतै विवाहसमेत गरेको प्रहरीले जनाएको छ। त्यसपछि १ कात्तिकमा भाईकै साथ लागेर लक्ष्मीनियाँ राकेशको घर पिपरा आईन भने राकेश ३ कात्तिकमा मात्रै आए। त्यसपछि उनीहरुको घर झगडा सुरु भयो। घरमा श्रीमती हुँदाहुँदै आफूसँग विवाह गरेको भन्दै लक्ष्मीनियाँले राकेशसँग अंश मागिन।

उनीहरुका विवाद उग्र वन्दै गयो। ‘कानुनी लडाई लडेर भएपनि अंश लिन्छु’ भन्दै लक्ष्मीनियाँले दागा धर्न थालेपछि श्रीमान–श्रीमती एकजुट भए। ११ कात्तिकमा उनीहरु धेरै बेरसम्म विवाद भयो। त्यसपछि लक्ष्मीनियाँ घरबाट निस्किईन। राकेश र रीना पनि उनको पछि–पछि बाहिर निस्किए। अशोक ठाकुरको आँप बगैँचामा पुगेपछि उनीहरूबीच कुटाकुट भयो।

सोही क्रममा राकेश र रीनाले लक्ष्मीनियाँले ओढेकै सलले घाँटीमा कसेर उनको हत्या गरे। त्यसपछि उनकै व्यागमा भएको साडी अनुहारमा राखेर आगो लगाई उनीहरू फरार भए। अनुशन्धान र खोजतलासका क्रममा उनीहरुलाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी विशाल सिंह बताएका छन्।

उनका अनुसार पक्राउ परेका दुवैले अपराध स्विकार गरिसकेका छन्।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >