पाकिस्तान रेलवे स्टेसनमा भएको विस्फोटमा मृत्यु हुने २५ पुगे

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Security officials examine the site of a bomb explosion at railway station in Quetta, southwestern Pakistan, Saturday, Nov. 9, 2024. (AP Photo/Arshad Butt)

पाकिस्तानको बलुचिस्तानअन्तर्गत क्वेटा सहरस्थित रेलवे स्टेसनमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ। उक्त हमलाको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको बीबीसीले जनाएको छ। विस्फोटमा हालसम्म ४६ जना घाइते भएको बताइएको छ।

अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। प्लेटफर्ममा १५० देखि २०० मानिस जम्मा भएको बेला विस्फोट भएको पाकिस्तानी प्रहरी प्रहरीले जनाएको छ।

बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै आतंकवादी घटनाका जम्मेवार व्यक्तिहरूलाई नछाडिने बताएका छन्। इजरायली सेनाले गरेको पछिल्लो हवाई हमलामा दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए। यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्‍याएको अन्तर्राराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्‍याएको छ। मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरेका छन्।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >