सशस्त्र प्रहरीले पर्सामा एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक फेला पारी भन्सार कार्यालयमा बुझाइयो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20241112-223802_Chrome

बिरगंज ,२६ कार्तिक।सशस्त्र प्रहरीले पर्सामा एउटै नम्बर प्लेटका दुईवटा भारतीय ट्रक फेला पारी भन्सार कार्यालयमा बुझाएको छ।कार्तिक २२ गते बिहान ९:३० बजे पर्साको एकीकृत भन्सार जाँच चौकी (ICP) को परिसरभित्र सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वार्टर, पर्साबाट खटिएको टोलीले एउटै नम्बर प्लेट युपि ४० टि ९४४०भएका दुईवटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक सबिन खड्काको कमान्डमा खटिएको चारजनाको टोलीले ती ट्रकहरू नियन्त्रणमा लिएपनि दुवै ट्रकका चालक र सहचालक सम्पर्कमा नआएको जनाएको छ।ती दुई ट्रकसहित रु ५८ लाख बराबरको सामान र रु ७५ लाख मूल्यका ट्रकहरू गरी कुल रु १ करोड ३३ लाख बराबरको ट्रक र सामान कार्तिक २६ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी बिष्णु हरि घिमिरेले जानकारी दिएका छन् ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >