हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एकको मृत्यु, पाँच घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
death.2024-11-12-09-30-15

हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा टायर पड्किएकाे हाे । 

घटनामा परेर मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्‍याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन् । टायर विस्फोटपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार मंगलबार राति १ बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायरबाट हावा गएको थियो । टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको हाे ।

टायर विस्फोटबाट उनको टाउको र शरिरको बायाँतर्फ गम्भीर चोट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३–००२ ख ०३०० न।को ट्यांकर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिकको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा-११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ का लक्ष्मण थापा घाइते भएका छन् ।

घाइतेमध्ये मधेश प्रदेश ०३–००२ख ०३०० नम्बरको ट्यांकर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिलअस्पतालमा उपचार भईरहेको छ यस्तै अन्य ४ जना घाइतेको उपचारपछि डिस्चार्ज भएको प्रवक्ता अर्यालले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >