डिएसपी दीपक भारतीको सरुवाले पर्सावासी निराश, कुशल कार्यशैलीको सराहना।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240909_074644_Gallery

बिरगंज ,३० कार्तिक। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दीपक भारतीको सरुवा भएको छ। उनलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा ब्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा गरिएको छ भने पर्सा जिल्लामा डीएसपी किशोर लम्साललाई सरुवा गरिएको छ।

सरुवा र बढुवा प्रहरी संगठनको नियमित प्रक्रिया हो।तर चार महिनाको छोटो कार्यकालमा नै कुशल कार्यशैली, इमानदारी र सेवाग्राहीको समस्या सुन्ने तथा समाधान गर्ने क्षमताले पर्सा वासिको मन जित्न सफल डिएसपी भारतीको सरुवामा राजनीतिक चलखेल भएको आशंका गरिएको छ। पर्सावासीले एक कुशल प्रवक्ता र सूचना अधिकारी गुमाउनु परेकोमा निराशा व्यक्त गरेका छन्।

पर्सा जिल्लाका जनताको सेवा र सुरक्षामा विशेष योगदान दिइरहेका डिएसपी दीपक भारतीले प्रहरी प्रशासनमा आफ्नो अद्वितीय भूमिका देखाइरहेका छन्। उनले जिल्लामा कानुनी व्यवस्था, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि असाधारण योगदान दिएका छन्।

जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधान गर्न सधैं तत्पर रहने डिएसपी भारतीले समाजमा राम्रो प्रभाव पार्दै आएका छन्। जनताको हक, हित र सुरक्षाको पक्षमा उभिएर उनले विभिन्न चुनौतीहरूको सामना गर्दै जिल्लामा कानुनी शासनलाई अझ मजबुत बनाउन अहम भूमिका खेलिरहेका छन्।

पर्साका एसपी कुमोध ढुंगेल र उनको सन्युक्त नेतृत्वमा पर्सा जिल्लामा अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्नका लागि धेरै सुधारात्मक कामहरू भइरहेका छन्। जनताको सुरक्षा र सेवा सुनिश्चित गर्न उनले गरेको यो महत्वपूर्ण कार्यप्रति जिल्लाबासीहरूले प्रशंसा व्यक्त गरेका छन्।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >