दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
durghatana

 दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा पाँचजना घाइते छन् । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, शैल्यशिखर–९ नक्तडका ४५ दिलीप विष्ट, ४० वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउँपालिका–५ का ५० वर्षिय वीरेन्द्र बोहरा र १६ वर्षीया सुजित बोहरा रहेका छन् । यस्तै दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारत विजनोर मोभारपुरका ४५ वर्षीय मोहम्मद सकिर र १८ वर्षीय मोहम्मद बसिलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना भएको थियो । जिपमा १३ जना सवार थिए ।

स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किरहेका दर्शनार्थी सवार भएको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >