नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घट्यो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
NTC

बिरगंज – ३० कात्तिक। नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ । टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो । कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी ३३ प्रतिशत घट्नु देखिन्छ ।
बैंकहरुको घट्दो ब्याजदरको असर टेलिकमको आम्दानीमा परेको हो ।वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ । कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड छ । ब्याज आम्दानी घटेपछि कुल आम्दानी नै घटेको छ । यस्तो आम्दानी पहिले १० अर्ब ६४ करोड रहेकोमा अहिले १० अर्ब ६ करोडमा झरेको छ ।

नाफा घट्दा प्रतिसेयर आम्दानी खुम्चिएको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी ४५ रुपैयाँ रहेकोमा अहिले ३८ रुपैयाँ ६६ पैसामा झरेको छ । कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ । प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >