१७ मंसिर,बारा । ईलाका प्रहरी कार्यालय जीतपुर बाराले झण्डै ३१ लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुर सिमरा उप- महानगरपालिका–७ चेकमा जाँचको क्रममा बिल बिजक नभएको सामान लोड रहेकोले ट्रकलाई नियन्त्रणमा लिएको हो । वीरगञ्जबाट पथलैया तर्फ जाँदै गरेको ना.८ ख ८२८६ नम्बरको मालबाहक ट्रकमा बिल विजक नभएको ३१ लाख ७९ हजार २२ रुपैया बराबरकाे तिरपाल, मोबिल, प्लास्टिक सुतली, सुटके,बकरम लोड रहेको पाईएपछि ट्रकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय जीतपुर बारा प्रहरी नायव निरीक्षक मोहनारायण रायले जानकारी दिनुभयो ।नियन्त्रणमा लिएको मालबाहक ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।