१९२ किलो गाँजासहित चारजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaja_Main2024-12-04-05-38-27

जिल्ला प्रहरी कार्यालय मकवनपुरले जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट १९२ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएकाे प्रहरीको टोलीले हेटौंडा–१५ बाट १७५ किलो गाँजासहित दुई जनालाई पक्रेको हो । 

हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १५८४ नम्बरको पिकअप गाडीमा उक्त गाँजा फेला परेको प्रहरी कार्यालयले जनाएको छ । गाडीको ढालामा खाली क्रेटले छोपेर ल्याएको अवस्थामा गाँजा फेला परेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए । प्रहरीले गाडी चालक मकवानपुरको बकैया गाउँपालिका–४ का २४ वर्षीय सुमन लामा र गाडीमा रहेका बकैया–११ का २४ ववर्षीय सुशील भोलनलाई पक्रेको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय मनहरीको टोलीले राक्सिराङ गाउँपालिका–५ ढुङ्गुखोलास्थित बगरबाट १७ किलो ६ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । शंकास्पद अवस्थामा झोला बोकेर हिँडिरहेका पर्सा पर्सागढी नगरपालिका–८ बस्ने ४६ वर्षीय देवीलाल सहनी र पर्सागढी–१ का ३२ वर्षीय रामनारायण रामलाई गाँजासहित पक्राउ गरेको हो । उनीहरूको शरीर तथा झोला खानतलासीको क्रममा १७ किलो ६०० ग्राम गाँजा फेला परेको प्रहरी प्रवक्ता अर्यालले बताए । गाँजासहित पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >