बारा प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-12-07 at 20.07.41_8024aeba

,२२ मंसिर ।जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय प्रसौनीले लागूऔषध (ब्राउन सुगर) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भारत बिहार राज्य मोतिहारी जिल्ला नकरदेही वडा नम्बर २ श्रीरिसिया माल टोलका ५० वर्षीय जाकिर हुसैनलाई प्रहरीले मिति २०८१ मंसिर २२ गते बिहान ९:३० बजे पक्राउ गरेको हो।

बारा जिल्ला अदालतको मिति २०८१ असार १४ गतेको आदेशानुसार फरार प्रतिवादीको खोजी गर्न गरिएको निर्देशनको आधारमा प्रहरी टोलीले हुसैनलाई बारा, परवानीपुर गाउँपालिका वडा नम्बर ५ स्थित एक अस्पतालको अगाडि सडकमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका हुसैनलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >