ईप्रका सिमराका डीएसपी दाहालको सरुवा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp-Image-2024-12-29-at-21.28.57_a5c77cef-860x450

 ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक (डीएसपी) चिरन्जीवी दाहालको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।

करिब १० महिना अघि सिमरा बारा आएका दाहाललाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा पठाइएको प्रहरी प्रधान कार्यालयको स्रोतले जानकारी गराएको छ ।

दाहालको ठाउमा इलाका प्रहरी कार्यालय सिमरा बारामा प्रहरी नायब उपरिक्षक (डीएसपी) शुभद्रा लामा वाईवालाई पठाईने प्रहरी प्रधान कार्यालयले जनाएको छ । वाईबा सिमराको पहिलो महिला प्रहरी प्रमुख बन्ने भएकी छिन ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत वाईवाले महिला नेतृत्वको नयाँ आयामको सुरुआत गर्ने अपेक्षा गरिएको छ । २०७० सालमा नेपाल प्रहरीमा निरीक्षक पदबाट सेवा सुरु गरेकी वाईवा २०८० सालको जेठमा डीएसपीमा बढुवा भएकी थिइन्। सिमरामा प्रहरी नेतृत्व गर्ने पहिलो महिला भएकाले यो कदमलाई ऐतिहासिक मानिएको छ ।

यता सिमराका डिएसपी दाहालको तीन महिनाको वाँकी अवधी नपुगी प्रहरी प्रधान कार्यालयले सरुवा गर्नुलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । ईप्रका सिमराकै कार्यालय सहयोगी राजकुमार रुम्बा हत्या भएको र हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई सार्वजनिक गरेकै दिन उनको सरुवा भएको हो ।

रुम्बा हत्या प्रकरणको अनुसन्धानकै क्रममा उनलाई प्रहरी प्रधान कार्यालयले सरुवा गर्नुमा रुम्बा हत्या प्रकरण र घटनाको अनुसन्धानलाई जोडेर नै उनको सरुवा भएको हुनसक्ने धेरैले अनुमान गरेका छन ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >