अमेरिकामा हिमपातका कारण जनजीवन अस्तव्यस्त, ७ राज्यमा आपत्‌काल घोषणा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
himpat-1736131709

ठूलो हिउँदे आँधीका कारण अमेरिकाको जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकामा आएको हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएको बीबीसीले समाचार प्रकाशित गरेको छ । जसका कारण सरकारले आपत्‌काल घोषणा गरेको छ ।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, न्युजर्सी, मिसुरी, केनसास, अरकनसालगायत राज्यमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । ती राज्यका विमानस्थलहरूमा हिउँ जमेको छ । जसका कारण विमानस्थल बन्द गरिएको छ ।

साथै प्रशासनले सडक मार्गको प्रयोग नगर्न पनि चेतावनी दिएको छ । हजारौँ उडान रद्ध भएका छन् भने विद्यालयहरू बन्द गरिएको छ ।

उच्च मात्रामा हिमपात भएसँगै पछिल्लो एक दशकयताको रेकर्ड तोड्दै चिसो बढेको छ । केनसास र मिसुरी हालसम्म सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । केही स्थानमा १० इन्चसम्म हिउँ जमेको बताइएको छ । केनसासका एक अधिकारी ब्रायन प्लान्टलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिउँ परेको देखेको थिइनँ ।

त्यहाँको मौसम विभागले मुलुकको मध्य भागदेखि पूर्वी तटसम्मका लगभग ३० राज्यको स्थिति गम्भीर हुन सक्ने चेतावनी दिएको छ । मौसम विभागका वैज्ञानिकहरूका अनुसार खराब मौसमका कारण ध्रुवीय चीसो हावा आउने सम्भावना छ ।

वासिङ्टन डीसी तथा फिलाडेल्फियासमेत थुप्रै ठूला शहरहरूमा पनि हिमपात हुन सक्ने आशंका गरिएको छ । सोमबारदेखि भने मौसममा सुधार आउनसक्ने आशा गरिएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >