वीरगञ्ज– पर्साको पोखरियामा वाइफाइ बन्द गर्न दबाब दिएपछि नाति–नातिना मिलेर हजुरबुवाको हत्या गरेका छन्।पोखरिया नगरपालिका–८, जगतपुरका ८० वर्षीय वृद्ध रामजान देवानको हत्या भएको हो। नातिनी २० वर्षीया खुश्बु र नाति १८ वर्षीय काबुल मिलेर सोमबार राति देवानको हत्या गरेको प्रहरीले जनाएको छ।सुत्ने बेलामा हजुरबुवाले पटक–पटक वाइफाइ बन्द गरेर सुत्न दबाब दिएपछि उनीहरुले कुटपिट गरेका थिए। नातिनातिनाको कुटपिटबाट बेहोस भएका रामजानलाई उपचारका लागि वीरगञ्ज स्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरीका डीएसपी किशोर लम्सालका अनुसार मृतकका नाति र नातिनी पक्राउ परेका छन्।घट्नाको अनुशन्धान भईरहेको डीएसपी लम्सालले जानकारी दिए।