पर्सामा वाईफाई बन्द गर्न दबाब दिएपछि नातिनातिना मिलेर हजुरबुबाको हत्या

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hatya-4

वीरगञ्ज– पर्साको पोखरियामा वाइफाइ बन्द गर्न दबाब दिएपछि नाति–नातिना मिलेर हजुरबुवाको हत्या गरेका छन्।पोखरिया नगरपालिका–८, जगतपुरका ८० वर्षीय वृद्ध रामजान देवानको हत्या भएको हो। नातिनी २० वर्षीया खुश्बु र नाति १८ वर्षीय काबुल मिलेर सोमबार राति देवानको हत्या गरेको प्रहरीले जनाएको छ।सुत्ने बेलामा हजुरबुवाले पटक–पटक वाइफाइ बन्द गरेर सुत्न दबाब दिएपछि उनीहरुले कुटपिट गरेका थिए। नातिनातिनाको कुटपिटबाट बेहोस भएका रामजानलाई उपचारका लागि वीरगञ्ज स्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो।उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरीका डीएसपी किशोर लम्सालका अनुसार मृतकका नाति र नातिनी पक्राउ परेका छन्।घट्नाको अनुशन्धान भईरहेको डीएसपी लम्सालले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >