वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न आ.ज.पा अध्यक्ष प्रभु साहको माग

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Prabhu-Sah--Birgunj--Yatra_XVCqpRfuwW

वीरगन्ज : आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन्।

आजपाले मुलुकमा बढदै गईरहेको भ्रष्टाचारका बिरुद्धमा वीरगञ्जको घण्टाघरमा शनिबार गरेको बिरोधसभालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन्।

वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्न र भ्रष्टाचार विरुद्ध वृहतसभा गरेको हो। वीरगञ्जको ईतिहास, गौरब र सम्मान शासकबर्गले मेटन खोजेको उनले आरोप लगाए। उनले यथाशिघ्र वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न माग गरेका छन्।

शासकवर्गको लागि वीरगञ्ज दुहुना गाईजस्तै भएको छ, यहाँबाट राजस्व मात्रै लिने तर वीरगंजको बिकासमा योगदान नगर्ने’ आजपा अध्यक्ष साहले भने, ‘हामीले बिरगंजलाई जसरी पनि देशको आर्थिक राजधानी घोषणा गराउँछौं ।

वीरगंजले जति मुलुकलाई राजस्व बुझाउँछ, सोही अनुपातमा वीरगंजमा बिकास भएको छैन् । वीरगंजको चौतर्फी बिकासका लागि आजपाले जस्तोसुकै कदम चाल्न बाध्य हुन्छ । काठमाडौं देशको प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगंज आर्थिक राजधानी किन नहुने उनले प्रश्न गरे ।

उनले भने, ‘सबैभन्दा बढी राजस्व बुझाउँने वीरगंज,उद्योग व्यवसाय हुने यही बारा,पर्सा हो । यहाँको उधोगी, व्यापारीले तिरेको राजस्वबाट मुलुक चल्ने तर वीरगंज आर्थिक राजधानी किन नहुने ? यथाशिघ्र बिरगंजलाई आर्थिक राजधानी घोषणा नगरिए आजपा चुप लागेर बस्दैन्, प्रभु साह चुप लागेर बस्दैन्, उनले भने। आजपा अध्यक्ष साहले सरकारकै संरक्षण र मिलेमतोमा राज्यको हरेकक्षेत्रमा भ्रष्टाचार बढेको गम्भीर आरोप लगाए ।

देशको राजस्व लुटेर खाने, राज्यको ढुकुटी लुटनेहरुले हरेक नेपालीमाथि बिदेशी ऋण बढाउँदै गईरहेका छन्। विदेशीबाट ऋण लिने तर त्यसको सही सदुपयोग नगरी नेपालीलाई ऋणी बनाउँने काम यो सरकारले गरिरहेको आरोप साहले गरे।

आजपाका पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा भएको सभामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह,उपाध्यक्ष समिना हुसेन,अशोक लामा,नेताहरु राजन यादव,सियाराम कुशवाहा,उमेश कुशवाहा,विजय यादव निर्विज,रामशरण यादव,लगायतको सहभागिता रहेको थियो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >