धिरज यादव
रौतहट,पुस २९ गते ।
रौतहटको राजदेवी नगरपालिका वडा नं. ५ पतारी (पासवान टोल) मा युवा नेता विश्वजित सिंहको बिशेश पहलमा उहाँको साथीहरुको सहयोगले आगलागी बाट पीडित परिवारलाई शिक्षा सामाग्री सहयोग गरेका छ्न । शिक्षा सामाग्रीहरुमा बैग,कलम,कापी आदि सामाग्री सहयोग गरेका छन् ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका-५ पताही (पसवान टोल) मा आगलागीको कारणले आठ परिवारको सम्पुर्ण घर जलेर नस्ट भएको थियो । सो पीडित परिवारको आर्थिक संकटले आफनो घर परिवार लाई शिक्षा बाट बन्चित समेत रहेको थियो । केही दिन पहिला पनि यी पीडित परिवारलाई राहतका सामाग्री सहयोग गरेका थिए ।
पीडित परिवारलाई सहयोग गर्न गएका युवा नेता विश्वजित सिंह,राष्ट्रिय युवा संघ नेपाल रौतहटको जिल्ला संयोजक मुना यादव,दिपक पासवान तथा समाजसेवीहरुको उपस्थित रहेको थियो।
युवा नेता विश्वजित सिंहले अगामी दिनहरुमा कोहि कसैलाई केही समस्या परेमा अगाडि रहि समस्याको समाधान गर्नका लागि वाचा समेत गरेका छन् ।