बाराको चिल्झप्टीमा प्रिमियम लिग २०८१ उद्घाटन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20250222_221614

बारा, बाराको चिल्झप्तीमा प्रिमियम लिग २०८१ नेपाली क्रिकेटका लागि ऐतिहासिक बन्यो। खेलमा बारा टाइटल टिमले इटियहि क्लबलाई पराजित गर्दै २७५ रनको शानदार जित हात पार्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो।

प्रतियोगिताको उद्घाटन पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा क्षेत्र नं. ४ (ख) का विधायक जितेन्द्र सोनलले गरे। उनले स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

खेल मैदान निर्माणका लागि २० लाखको बजेट
विशिष्ट अतिथि विश्रामपुर गाउँपालिकाका मेयर जुलुफकार आली भुटो (जुबेर भाई) ले फेटा र विश्रामपुर गाउँपालिकाले १०/१० लाख रुपैयाँ बजेट विनियोजन गरी खेल मैदान निर्माण सुरु गरिएको जानकारी दिए। स्थानीय सरकारको यस्तो लगानीले खेलाडीहरूलाई उत्कृष्ट प्रशिक्षण तथा खेल अवसर प्राप्त हुने अपेक्ष गरिएको छ

खेलमा बारा टाइटल टिमले उत्कृष्ट ब्याटिङ गर्दै २७५ रनको विशाल स्कोर खडा गर्‍यो। इटियहि क्लबले उत्कृष्ट प्रयास गरे पनि बारा टाइटलको बलियो बलिङ आक्रमण सामना गर्न सकेन।
प्रतियोगितामा प्रतिष्ठित व्यक्तिहरूको सहभागिता

कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी, युवा नेता सुमित यादव, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू, समाजसेवी, प्रहरी अधिकारीहरू तथा हजारौं दर्शकहरूको उत्साहजनक उपस्थिति थियो।

चिल्झप्ती प्रिमियम लिग २०८१ का अध्यक्ष सुजीत कुमार बैठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख सहयोगी भोला बैठले प्रमुख अतिथिलाई सम्मान गरे भने कार्यक्रम सञ्चालन दीनानाथ बैठाले गरे।
स्थानीय खेलाडीका लागि सुनौलो अवसर
यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढ्ने सम्भावना उजागर गरेको छ। आयोजकहरूले भविष्यमा प्रतियोगितालाई अझ भव्य बनाउने लक्ष्य राखेका छन्।

ताजा खबर

मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत मौलापुर नगरपालिकामा ‘फ्रि पानी, फ्रि बिजुली’का साथै शुन्य कर

लोकप्रिय

हुण्डी कारोवारको आरोपमा ३ जना पक्राउ, २८ लाख नगद बरामद

१७ असार, वीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जको विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट स्रोत नखुलेको

पुरा पढ्नुहोस >

बारामा मोटरसाइकल चोरको गिरोह नै पक्राउ, चोरी भएका ५ वटा मोटरसाइकलपनि बरामद

बारा,१७असारःबारामा मोटरसाइकल चोरीमा संकग्न एकै गाँउका तीन जना पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीले चोरीको पाँच वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बाराको

पुरा पढ्नुहोस >

सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा

बाराको सिमरा ट्राफिक पोष्टमा ट्राफिक प्रहरीले अवैध रकम असुली गर्दै ठूलो भ्रष्टाचारको धन्दा चलाइरहेको खुलासा भएको छ। यस घटनामा बरिष्ठ नायब निरीक्षक अशोक बस्नेत र

पुरा पढ्नुहोस >