कलैयाका यातायात कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अनुगमन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
470215682_122202115148230526_8909209660808801657_n

बारा । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्त अधिकारीसहितको टोलीले सोमबार कलैया स्थित यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको छ।

सेवा प्रवाहबारे जानकारी लिन गरिएको अनुगमनका क्रममा यातायात कार्यालयका प्रमुख अविन्दर दाससँग छलफल गरिएको बुझिएको छ । सो क्रममा सिडिओ अधिकारीले सेवा प्रवाहको अवस्था बुझी सुधारका लागि आवश्यक निर्देशन समेत दिए ।

अनुगमनका क्रममा नयाँ लाइसेन्स लिने सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको सिडिओ अधिकारीले बताए ।सिडिओ अधिकारीले स्वास्थ्य परीक्षण सही तरिकाले गराउन तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न पनि निर्देशन दिए ।

साथै, उनले कार्यालयका कर्मचारीहरूलाई नियमित रूपमा समयमै उपस्थित भई छिटो-छरितो तथा प्रभावकारी सेवा प्रदान गर्न सचेत गराए ।अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ तथा प्रशासन कार्यालय बाराका मुद्दा शाखाका नायब सुब्बा अरुण साह समेतको सहभागिता रहेको थियो ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >