बारामा २ अर्ब ९८ करोड २२ लाखको आलु उत्पादन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hirminiya-aalu-utpadan-390x220

बारा । बारामा यस बर्ष कृषकहरूले कुल १ लाख १९ हजार २ सय ८८ मेट्रिकटन आलु उत्पादन गरेका कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण प्रसाद साहले जानकारी दिनुभयो । 

यस बर्ष कृषकहरूले विभिन्न जातको आलुखेती ७ हजार ४ सय हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर १६ दशमलव १ मेट्रिकटनले कुल १ लाख १९ हजार २ सय ८८ मेट्रिकटन आलु उत्पादन भएको ज्ञानकेन्द्रको प्रमुख साहले बताउनुभयो । 

यस बर्ष आलु खेती समयमा अविरल वर्षा भएको हुँदा किसानहरु फलफूल खेती तर्फ आकर्षित हुने गरेको हुँदा यस बर्ष आलु खेतीमा ४० हेक्टर क्षेत्रफलमा आलु खेतीमा कमी आएको कुरा ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले भन्नुभयो । 

उत्पादित  आलु हाल कलैया बजारमा प्रति किलो रु २५ देखि ३० मा बिक्री वितरण भइरहेको हुँदा २५ हजार मेट्रिकटनले कुल २ अर्ब ९८ करोड २२ लाख बराबरको आलु उत्पादन भएको अर्थ विज्ञ महराले जानकारी दिनुभयो । 

गतबर्ष कृषकहरूले ७ हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा आलु खेती गरि प्रति हेक्टर १५ दशमलव ९ मेट्रिकटनले कुल १ लाख १८ हजार २ सय ९८ मेट्रिकटन  आलु उत्पादन भएको थियो । 

आलु खेती जिल्लाको १६ वटै स्थानीय तहमा कृषकहरूले खेती गर्ने गरेको भएपनि प्रत्येक बर्ष आलु खेतीमा कमी हुँदै आएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।  ७९ सालमा ७ हजार ४ सय ५०, ८० सालमा ७ हजार ४ सय ४० र ८० सालमा ७४ हजार हेक्टर क्षेत्रफलमा खेत गरिएको ज्ञानकेन्द्रले जनाएको छ । 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >