वीरगन्ज भन्सारबाट १० लाख रकमसहित एक युवक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250324-153543_Facebook

वीरगन्ज,११चैतःवीरगन्जको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको १० लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका २९ बर्षिय प्रदीपकुमार साह रहेका छन् । रक्सौलबाट वीरगन्ज आँउदै गरेको बीआर २२ बीजी १४०८ नम्बरको भारतीय मोटरसाइकललाई सशस्त्र प्रहरीले वीरगन्ज–१६ स्थित भन्सार कार्यालय अगाडि रोकेर चेकजाँच गर्दा त्यसमा सवार साहको साथबाट श्रोत खुल्न नसकेको नगद १० लाख ५ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाले जानकारी दिए । बरामद रकमको श्रोत साहले खुलाउन नसकेपछि उक्त रकम र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुब्बाले बताए ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >