मन्त्री भण्डारीले भने-‘देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैन’

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
SArat-singh-bhandari-1

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन्।

मंगलवार काठमाडौँ टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताएका हुन्। उनले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सूक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताए। मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ।

उनले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरू जस्तै फर्किनेहरू समेत रहेको बताए। उनले मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरू उतै पलायन हुने अवस्था नरहेको समेत बताए।

वैदेशिक रोजगारीमा जाने नियमित प्रक्रिया भए पनि सिपयुक्त जनशक्ति पठाउने कुरामा सरकारको ध्यान जानुपर्ने उनको तर्क छ। उनले अबको दश वर्षमा दशलाख सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको समेत बताए। वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप र ल्याएको पुँजीलाई मुलुकको विकासमा योगदान गर्न लगाउनु सरकारको प्राथमिकता रहेको बताए। 

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूलाई फेरि वैदेशिक रोजगारमा नफर्किने वातावरण तयार गर्न सरकार क्रियाशील रहेको मन्त्री भण्डारीको भनाइ छ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >