सरकारको गुप्तचरी संयन्त्र किन असफल भयो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2025-03-28-23-59-34-134-edit_com.facebook.katana

काठमाडौं । दुर्गा प्रसाईको नेतृत्वमा शुक्रबार भएको आन्दोलनलाई कमजोर आकलन गर्दा ठूलो क्षति हुन पुगेको छ। गृह मन्त्रालयले सामान्य प्रदर्शन हुने ठानेर ठूलो तयारी गरेको थिएन ।तर, प्रसाईले हिंसात्मक आन्दोलन गर्ने तयारी गरेका थिए । उनको त्यो रणनीति चाल नपाउदा आन्दोलन हिंसात्मक भयो। दुई जनाले ज्यान गुमाए भने तोडफोड र आगजनी समेत भएको छ। सेना समेत सडकमा निस्कनुपर्ने अवस्था आएको छ।

यो घटनाले सिंगो गृह मन्त्रालय र प्रहरीको कमजोरी त बाहिर आएको छ नै देशको गुप्तचरी समेत कति निकम्मा भइसकेको छ भन्ने प्रष्ट भएको छ ।

२ हजार जनशक्ति रहेको राष्ट्रिय अनुसन्धान विभागको मुख्य काम नै यस्तै अवस्थामा सूचना संकलन गर्नु हो । पछिल्लो समय उसको गुप्तचरी खस्कदै गएको शुक्रबारको घटनाले देखाएको छ । विभागका प्रमुख हुतराज थापाको कार्यक्षमतामाथि पनि प्रश्न उठेको छ ।

शुक्रबार आन्दोलनमा व्यक्तिका घर समेत जलाइएको छ । जडीबुटी कम्पनीमै आगजनी हुँदा प्रहरी पुग्न सकेन । एउटा समूह विभिन्न ठाउँ पुगेर यसरी आगजनी गरेको थियो । त्यो समूहसँग सडकका प्रहरी नै डराएर भाग्नुपर्ने अवस्था आएको थियो ।

यसको प्रमुख कारण गृह मन्त्रालयमा अनुभवी टिमको अभाव र कमजोरी गुप्तचरी नै हो । गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा अनुभवीभन्दा आफु निकटस्थलाई राखेका छन् ।

उनीहरुको काम शान्ति सुरक्षा भन्दा असुली धन्दामा व्यस्त छ । प्रधानमन्त्रीको प्रत्यक्ष मातहत रहेको गुप्तचर विभाग पनि कमजोर हुँदै देशकै बेइज्जत हुने घटना शुक्रबार भएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >