भारतकाे रक्सौलबाट आलुकाे बाेरामा लुकाएर लागू ओैषधकाे तस्करी,एक बालक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
FB_IMG_1743647378311

वीरगन्ज,:भारतकाे रक्सौलबाट आलुकाे बाेरामा लुकाएर लागू ओैषध भित्र्याउँदै गरेका एक बालक वीरगन्ज नाकामा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर १४ भाैरा घर बताउने १३ वर्षीय चन्दन सहनी रहेका छन्।सहनीलाई सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार क्षेत्रबाट लागू ओैषधसहित पक्राउ गरेकाे हाे।बुधबार साँझ रक्सौलबाट वीरगन्ज आँउदै गरेकाे टाङ्गामा सवार सहनीकाे साथमा रहेकाे सेताे रंगकाे बाेराभित्र आलुमा लुकाएर राखिएको ५० बाेत्तल लागू ओैषध बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।आलुकाे बाेराबाट लागू ओैषध ओनेरेक्स सिरप ५० बाेत्तल बरामद भएको उनले बताए।लागू ओैषधसहित पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार साँझ नै प्रहरी चाैकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >