कलैया २६ चैत। बारा प्रहरीले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा सोमबार ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले उक्त लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरको मनोहरी नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय रबी थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक प्वाईन्टमा हेटौंडाबाट वीरगँज तर्फ जादै गरेको ना ३६ प २१७७ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाईकललाई रोक्न खोज्दा भाग्ने क्रममा गणेश मन्दिर नजिकबाट पक्राउ गरेको छ ।मोटरसाइकल चालक थिङले बोकेको कालो झोलामा लुकाई छिपाई लगि रहेको ६ किलो र तेल ट्याङकी भित्र ४ किलो ७०० ग्राम लागू औषध गाँजा वरामद गरिएको छ।उक्त लागु औषध,थिङ र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।