बारा, चैत्र २४ – बाराको पथलैया चोकमा ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२०७८ चैत्र २४ गते बिहान करिब ७:३० बजे प्रहरी चौकी पथलैयाबाट प्रहरी नायव निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको टोलीले ना १ ह ८९६१ नम्बरको अटो चेकजाँच गर्दा अटोभित्र लुकाइछिपाई राखिएको करिब ३२ किलोग्राम गाँजा फेला पारेको हो। सो अटो हेटौंडाबाट परवानीपुरतर्फ जाँदै गरेको थियो।
प्रहरीले गाँजासहित अटो र चालकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। पक्राउ परेका व्यक्ति मकवानपुर जिल्लाको हेटौंडा उप-महानगरपालिका वडा नम्बर १४ निवासी सानो कान्छा मोक्तानका छोरा, करिब ४२ वर्षीय सोमबहादुर मोक्तान रहेका छन्।
प्रहरीले लागू औषधको कारोवारविरुद्ध कडाइका साथ निगरानी तथा कारबाही बढाएको प्र.ना.उ. पण्डितले जानकारी दिए।