काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ ।प्रसाईलाई केहीबेर अघि जिल्ला अदालत लगिएको हो । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर आजै काठमाडौँ ल्याएको थियो ।