सर्लाहीको बलरा नगरपालिकामा तेस्रो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ। क्रीकेट प्रतियोगीतामा पालिका भित्रका १९ बर्ष मुनिका खेलाडीहरुलाई सहभागी गराईएको हो। पालिकाका खेलाडीहरुला राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले U -१९ टि ट्वन्टी क्रीकेट प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले बताएका हुन। १९ बर्षभन्दा माथिका खेलाडीहरु विभिन्न पेशाहरुमा रहेको हुँदा शारीरिक र मनोरञ्जनका लागि मात्र खेलेको र पालिकाको लगानी खेर जाने भएकोले U-१९ का खेलाडीहरुलाई प्रोत्साहन गर्ने , खेलप्रतिको प्रतिभालाई उजागर र खेललाई व्यवसायीक बनाई यहाँका खेलाडीहरुलाई राष्ट्रिय स्तर सम्म पुर्याउने उद्देश्यले U-१९ टि-ट्वन्टी क्रीकेट प्रतियोगिता आयोजना गरिएको उनले बताए । क्रीकेट प्रतियोगितामा ११ वटा वडा र एउटा नगरपालिका टिम गरि जम्मा १२ वटा टिम सहभागी छन। क्रीकेट प्रतियोगिता उदघाटन कार्यक्रममा संविधान सभा सदस्य शिवपुजन राय , रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव, बलरा नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय बुद्धिजिवि सहित सम्पुर्ण पालिका भित्रका सम्पुर्ण टिमका खेलाडीहरुको सहभागीता रहेको थियो।