वीरगन्ज,९बैशाखःवीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा परवानीपुरकै प्रदीप गुप्ता रहेका छन् ।मंगलबार दिउँसो परवानीपुरमा ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलका चालक गुप्ताको घटनास्थलमै मृत्यु भएको हो ।मोटरसाइकललाई ठक्कर दिने ट्रकले मधेस प्रदेश ०३–००१ त ००५१ नम्बरको ट्याक्टरलाईपनि ठक्कर दिएको थियो ।