सीमामा भन्सार , वैशाख १९नेपाल–भारत सीमामा भन्सार छलीको नयाँ तरिका खुलासा भएको छ। मोटरसाइकलको प्रयोग गरी भारतबाट भन्सार छल्दै मोटर पार्ट्स नेपाल भित्र्याउने प्रयास प्रहरीले विफल पार्दै बरामद गरेको छ।शनिबार दिउँसो २:४० बजे तिर बारा जिल्लाको परवानीपुर गाउँपालिका–५, गण्डक चौक नजिकै भारतबाट वीरगञ्जतर्फ गइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR 22 S 6291) मा लुकाइ–छिपाइ ल्याइँदै गरेका सामानसहित तस्कर प्रहरी देख्नेबित्तिकै मोटरसाइकल र सामान छाडेर फरार भएको थियो।प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको इकाई प्रहरी कार्यालय, प्रसौनीको टोलीले ती सामान नियन्त्रणमा लिएको हो। फरार तस्करको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बरामद स्थल ई.प्र.का. प्रसौनीबाट करिब ३०० मिटर पश्चिममा पर्छ।के–के बरामद भयो?बरामद गरिएका मोटर पार्ट्स निम्नानुसार छन्:* Vulcan Arm Bush – ८ थान – रु. १३,०००* Gear Box Mounting – ६ थान – रु. १०,०००* Rr Susp B5g Kit – १ थान – रु. ७,२००* Arm Bush Front Eye – ३ थान – रु. १,५००* Engine Mounting (R.H) – ६ थान – रु. २०,०००* Rear Spring Bush – २ थान – रु. २,५०० जम्मा मूल्य: रु. ५४,२००।–बरामद सामग्री र मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा राखिएको छ।भन्सार छली रोकथाममा प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्दै गएको छ। दिनानुदिन परिष्कृत बन्दै गएको तस्करीको शैलीविरुद्ध प्रहरीले पनि चुस्त र तत्पर उपस्थिति जनाइरहेको छ। यो घटनाले नेपाल–भारत सीमामा सुरक्षा चुनौती थप गहिरिएको स्पष्ट देखिन्छ।