पिकअप र अटो एकआपसमा ठोक्किदा एक बालकको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20250502_081051371

बारा : बाराको फेटा गाउँपालिका वडा नम्बर ७ गमहरिया चोक नहर स्थित सडक खण्डमा बिहीबार एक पिकअप र एक अटो रिक्सा एक आपसमा ठोक्किदा एक किशोरको मृत्यु भएको छ ।सोही दुर्घटनामा भने अर्का एक जना घाईते भएका छन । मृत्यु हुनेमा बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही टोल बस्ने सुनिल पण्डितको १३ बर्षिय छोरा समर पण्डित रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिएका छन।उक्त दुर्घटनामा परी चितवन खैरेनी गाउँपालिका वडा नम्बर ६ पुलटोल बस्ने हरीशरण हजरा घाईते भएका छन । उनको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनीहरुलाई उपचारको लागि बिरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा लगिएको थियो ।पण्डितको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । भने अर्का घाईते हजारको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । फेटा बाट मटिअर्वा तर्फ जादै गरेको बा ०१–०३० च १४२१ नम्बर पिकअपले बिपरित दिशाबाट आउदै गरेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।उक्त अटोमा सवार आठ जना मध्ये दुई जना घाईते भएका थिए। प्रहरीले अटो चालक कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर बस्ने ५३ बर्षिय अबुलयस मियालाई नियन्त्रणमा लिएको छ । पिकअप प्रहरीको नियन्त्रणमा रहेको छ । फरार पिकअप चालकको खोजतलाश भईरहेको बारा प्रहरीले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >