सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक र स्कार्पियो गाडी नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250503_173634

वीरगन्ज । पर्सा जिल्लाको वीरगञ्ज-१६ स्थित वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत भन्सार चेकजाँच विन्दु भन्दा करिब ५० मिटर अगाडि त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी गुल्म वीरगञ्जबाट खटिएको टोलीले स्रोत नखुलेको नगदसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।भारतबाट नेपालतर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रंगको भारतीय नम्बर प्लेट भएको स्कार्पियो गाडीको सिट पछाडिको पकेटभित्र लुकाई ल्याइएको नेपाली रुपैयाँ ९ लाख ५९ हजार नगद फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ। सोही नगदसहित गाडी र त्यसमा सवार तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।कार्यालयका अनुसार उक्त स्कार्पियो गाडीको भन्सार मूल्याङ्कन रु. ३० लाख गरिएको छ।गाडीमा सवार व्यक्तिहरूमा भारतको पश्चिम चम्पारण जिल्लास्थित ग्राम पंचायत वडा नं ७ का करिब ५९ वर्षीय विजय प्रसाद, वडा नं १२ का ४६ वर्षीय मनोज कुमार सहनी, र वडा नं २७ का ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव रहेका छन्। सशस्त्र प्रहरीले उनीहरूलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको हो।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >