सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक र स्कार्पियो गाडी नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250503_173634

वीरगन्ज । पर्सा जिल्लाको वीरगञ्ज-१६ स्थित वीरगञ्ज भन्सार कार्यालयअन्तर्गत भन्सार चेकजाँच विन्दु भन्दा करिब ५० मिटर अगाडि त्रिभुवन राजपथ सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी गुल्म वीरगञ्जबाट खटिएको टोलीले स्रोत नखुलेको नगदसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।भारतबाट नेपालतर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रंगको भारतीय नम्बर प्लेट भएको स्कार्पियो गाडीको सिट पछाडिको पकेटभित्र लुकाई ल्याइएको नेपाली रुपैयाँ ९ लाख ५९ हजार नगद फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ। सोही नगदसहित गाडी र त्यसमा सवार तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।कार्यालयका अनुसार उक्त स्कार्पियो गाडीको भन्सार मूल्याङ्कन रु. ३० लाख गरिएको छ।गाडीमा सवार व्यक्तिहरूमा भारतको पश्चिम चम्पारण जिल्लास्थित ग्राम पंचायत वडा नं ७ का करिब ५९ वर्षीय विजय प्रसाद, वडा नं १२ का ४६ वर्षीय मनोज कुमार सहनी, र वडा नं २७ का ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तव रहेका छन्। सशस्त्र प्रहरीले उनीहरूलाई स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको हो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >