सिराहाको गोलबजारमा दुई थान भरुवा बन्दुक फेला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250503_184733

सिराहाको गोलबजार नगरपालिका– १०, डन्डा गाउँको आँपको बगैंचाछेउको झाडीमा फालिएको अवस्थामा प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।जंगली जनावरको सिकार गर्न आएकाहरूले प्रहरी आएको सूचना पाएपछि बन्दुक फालेर भागेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। गाउँनजिकै बन्दुक पड्किएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट गएको प्रहरी टोलीले शनिबार बिहान साढे १० देखि पौने १२ बजेको अवधिमा दुई थान भरुवा बन्दुक फेला पारेको हो।गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक गोविन्द साहका अनुसार झाडीमा खोजतलासको क्रममा पहिलो बन्दुक फेला परेपछि करिब तीन सय मिटरको दूरीमा अर्को बन्दुक भेटिएको हो। ‘बन्दुक पड्किएको क्षेत्रमा खोजतलासको क्रममा फरकफरक ठाउँबाट भरुवा बन्दुक फेला परेको हो,’ उनले भने।बरामद गरिएको भरुवा बन्दुक कसले फालेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >