नक्कली नोटसहित हेटौँडाबाट एकजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20250509_092720

मकवानपुर प्रहरीले हेटौँडाबाट नेपाली रुपैयाँ ५०० दरका १८६ थान नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ गंगा-जमुना गाउँपालिका–२ घर भई हाल हेटौँडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन्।उनलाई गएराति सवा १ बजेको समयमा पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटेबाट पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। अर्यालका अनुसार बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा अधिकारीलाई नक्कली नोटसहित पक्राउ गरी नियन्त्रणमा लिइएको हो।प्रवक्ता अर्यालका अनुसार प्रहरी चौकी रातोमाटेमा खटिएको प्रहरी टोलीले शंका लागेपछि उनको शरीर र झोला जाँच गर्दा झोलाभित्र लुकाएर राखिएको अवस्थामा ५०० दरका १८६ थान (९३ हजारबराबर) नक्कली नोट फेला परेको हो।अधिकारीलाई पक्राउ गरी मुद्रासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालले बताए। उनले मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए।

ताजा खबर

लोकप्रिय

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >

जानकी English Boarding School की प्रिन्सिपल सुनिता यादवसहित तीन दिदी–बहिनीद्वारा गर्भवती भाउजुमाथि कुटपिट, गर्भमै शिशु हत्या प्रकरणमा अदालतको ऐतिहासिक कडा फैसला

आफ्नै घरभित्र, आफ्नै परिवारको नाताभित्र, गर्भवती भाउजुमाथि निर्घात कुटपिट गरी गर्भमै १० हप्ताको निर्दोष शिशुको ज्यान जाने जस्तो अमानवीय अपराधमा अन्ततः अदालतले फैसला सुनाएको छ।

पुरा पढ्नुहोस >

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न।

बीरगञ्ज| श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज स्थित होटेल भिस्वामा संस्थाको १८औं वार्षिक

पुरा पढ्नुहोस >